Comments

एनटीसीमा पनि ‘लोन’ लिन सकिने

नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए प्रिपेड सेवाका सेवाग्राहीलाई ब्यालेन्स कल गर्न ‘लोन’ रकम उपलब्ध गराउने भएको छ। यसका लागि नेपाल टेलिकम र हङकङस्थित टियाक्सको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रालिसँग सम्झौता भएकाे छ। चैत ६ गते भएको उक्त सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र हेमन्त ट्रेड सेन्टर प्रालिका तर्फबाट निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरेका छन्। यो सँगै उपभोक्ताले कम्पनीको जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै सकिएको ब्यालेन्समा लोन रकम उपलब्ध हुनेछ। कम्पनीका ग्राहकलाई थुप्रै सुविधा प्रदान गर्दै जाने नीति अनुरुप सीडीएमए तथा जिएसएम प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै ब्यालेन्स सकिए पनि कुराकानी निरन्तर भइरहोस् भन्ने उद्देश्यले कम्पनीले एयरटाइम क्रेडिटको सुविधा ल्याइएको हो। उक्त सुविधा प्रयोग गरे वापत थप कुनै चार्ज वा व्याज भने नलाग्ने कम्पनीले जनाएको छ। उक्त लोन रकम रिचार्जपछि उपलब्ध हुने रकमबाट कट्टा हुनेछ। उपभोक्ताले चाहेको समयमा कुनै पनि माध्यमबाट रिचार्ज गर्न सम्भव नभएको अवस्थामा यो सुविधा बढी उपयोगी हुने कम्पनीले विश्वास लिएको छ। यसबाट मोबाइलमा ब्यालेन्स सकिएको अवस्थामा पनि आफन्तजन सँग कुराकानी गर्न सहज हुनेछ। तर, यो योजना अबको पाँच महिना भित्रमा सञ्चालन आउने कम्पनीले जनाएको छ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Text Widget

वेबसाइट ,मोबाइल एप लगायत अन्य सफ़्ट्वयर चाहिएमा हामी लाई सम्जिनुहोस

News

Recent Articles

Technology

Famous Posts

Total Pageviews

Food

Translate


Designed and Developed ByJr.Er Jeevan Thapa

If you want any type of software then
Please!!! contact me 9813699269,9846708770

Entertainment

Fashion

Pages